नियम ४७
अशक्त विद्यार्थीको लागि परीक्षामा विशेष व्यवस्था गर्न सकिने
(१) अन्धा, वहिरा, लाटा, अपाङ्ग वा सुस्त मनस्थिति भएका विद्यार्थीका लागि निजले बुझ्ने साङ्केतिक भाषामा परीक्षा दिने व्यवस्था गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिमका विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछ ।